बाँके नौवस्ता ८ जन्मटोलका स्थानियहरु आफ्नो गाउँ आफै बनाउने अभियानमा सक्रिय

बाँके,पुस ५-आफ्नो गाँउ आफै बनाउ भन्ने उदेश्यका साथ बाँकेको नौवस्ता ८ जन्मटोलका स्थानियहरु आफ्नो गाउँको बाटो बनाउन आफै सक्रिय भएका छन् । चुनावमा भोट माग्ने बेला नेताहरुले बाटो, घाटो ,पुल, पुलेसा बनाइदिन्छौ भन्दै गाँउगाँउमा आश्वासन दिएर भोट माग्न आउने तर चुनाव सकिएको भोली देखी स्थानिय समस्यालाइ नेताहरुले वेवास्ता गर्ने गरेको भन्दै नौवस्ता ८ जन्मटोलका स्थानियहरु आफ्नो गाउँ आफै बनाउने अभियानमा जुटेका हुन् । गाँउमा बर्षायाममा हिलाम्मे हुदा हिड्न पनि अप्ठ्यारो हुने हुदा पटक पटक गाविसमा ग्राबेलका लागी महिला समूहबाट निवेदन दिदा पनि गाविसले ग्राबेल नदिएको स्थानियले गुनासो गरेका छन् ।

चुनावका बेला यस टोललाइ बानियाभार देखी नौवस्ता गाविस जाने बाटो परेको रुट परेकोले पिच गरीदिने भन्दै विभिन्न राजनितिक दलहरुले आश्वासन दिए पनि अहिले आफुहरुलाइ समस्या पर्दा कुनै पनि राजनितिक दलहरुले चासो नदिएको नौवस्ता ८ जन्मटोलकी रुपसरा खत्रीले आक्रोस पोख्नुभयो । स्थानिय निकायको चुनाव भइनसकेको अवस्थामा गाविसले पनि ४ पाँच दलका नेताहरुको गाविसमा तिनै नेताको आधारमा बजेट विनियोजित गर्ने तर गाँउको समस्यालाइ स्थलगत रुपमा अवलोन नगरी बजेट छुट्याउन नसक्ने गर्दा गाविसका बोल्न नसक्ने र गाविसबाट टाढा भएका स्थानियहरुको गाँउमा ग्राविल समेत उपलब्ध नगराइको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

नौवस्ताको बानियाभार देखी गाविस रोडलाइ सांसद कोषको बजेटबाट पिज गर्ने भनेर बजेट आएको भए पनि पुनह गाविसकै बजेट नेताहरुका दवावबाट बाट रकम दिइयो तर आफ्नो गाउमा नेताहरुको पहुचँ नभएका कारण ग्राबेल समेत उपलब्ध नगराइएको भन्दै स्थानिय रुष्ट भएका हुन् । नौवस्ताका ८ जन्मटोलका स्थानियले करिव २ बर्षदेखी गाविसबाट ग्राबेल समेत उपलब्ध नगराएको , बर्षयाममा हिलाम्मे भएर हिड्नुर्ने जस्ता समस्या भोग्दै आइरहेका छन् । सरोकारवा निकायले वेवास्ता लगायत पछि त्यस टोलका करिव २० घर परिवार ३ दिन देखी बाटो निर्माणका लागी श्रमदान गरीरहेका छन् ।