सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत ,सुदुरपश्चिमलाई ४–१ गोललले हराउदै एपिएफ विजयी

सुनसरी, पुस ५-पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा विभागिय क्लबहरुको बर्चस्सो कायम भएको छ ।सुनसरीको स्थानिय दुहबी रंगाशालामा आज भएको खेलमा सुदुरपश्चिमलाई हराउदै एपिएफले पनि लगातार दोस्रो जित निकालेको छ । यसअघि आर्मी र पुलिसले पनि आ आफ्ना दुवै खेलमा जित निकालेका थिए ।

आजको खेलमा एपिएफले सुदुरपश्चिमलाई ४–१ गोलले हराएको हो । सुदुरपश्चिमको यो लगातार दोस्रो हार हो ।यसैबीच आज भएको अर्को खेलमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३ सुन्यले हराएको छ । पहिलो खेलमा बराबरी खेलेको मध्यमाञ्चलले पहिलो जित निकालेको हो भने मध्यपश्चिामाञ्चलको यो लगातार दोस्रो हार हो ।