आज देखि नेपालमा ‘पब्जी’ खेलमा प्रतीबन्ध

काठमाण्डौं,चैत्र,२८-

आज देखि नेपाल सरकाले ‘पब्जी’ खेलमा प्रतिबन्ध लगाएको छ । पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेपछि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिदै पत्र पठाएको जानकारी दिनुभयो ।

पब्जी मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने गेम हो। धेरै युवालाई यसको लत लागेको भन्दै आलोचना हुने गरेको छ।पब्जीको लतमा परेकाहरूले आफ्नो दैनिकी बिर्सिन थालेका छन्।

खान खान बिर्सिने, स्कुलमा दिएको गृहकार्य बिर्सिएर एकोहोरो त्यही गेम खेलेर समय बिताउने गरेको छन्। त्यथ्यांकअनुसार यसको लत लागेको मान्छेले थोरैमा पनि पाँच घण्टा यसमा बिताउने गरेको पाइएको छ।

पछिल्लो समय धेरै बालबालिका तथा युवालाई यो खेलको लत लागेर दुर्घटनासम्म हुने गरेको भन्ने प्रहरीमा उजुरी आउन थालेपछि खेलमा प्रतिबन्ध लगाउन लागिएको हो ।