आज नेपालले उज्बेकिस्तानसँग खेल्ने,नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौं, साउन,२-

२३ वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिपअन्तर्गत छनोट चरणको दोस्रो खेलमा आज नेपालले उज्बेकिस्तानको सामना गर्दैछ ।

समुह डी को पहिलो खेलमा आयोजक युसएईसँग ५-० ले पराजित भएको नेपाललाई छनोटको सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।

नेपाल र उज्वेकिस्तानबिचको खेल नेपाली समयानुसार w आज बेलुका ८ बजेर १० मिनेट जाँदा सुरु हुनेछ ।

पहिलो खेलमा लेबनानलाई ३-१ ले हराएको उज्बेकिस्तान विरुद्धको खेल नेपालको लागि सहज हुनेछैन ।

समुहको अंक तालिकामा पुछारमा रहेको नेपालले अब छनोटको सम्भावना कायम राख्न बाँकी दुई खेलमा ठूलो अन्तरको जित दर्ता गर्नुपर्ने हुन्छ ।

प्रतियोगिताको नियमावली अनुसार प्रत्येक समूहका शीर्ष टोली र ५ उत्कृष्ट उपविजेता टोली अन्तिम चरणका लागि छनोट हुन्छन् ।

२३ वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिपको मुख्य प्रतियोगिता अर्को वर्ष चीनमा आयोजना हुनेछ ।