
काठमाडौं,जेठ,२-नेपाली क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन्।
आज बुधबार पाटन उच्च अदालतले सन्दीपलाई निर्दोष सावित गर्दै सफाइ दिएको हो।उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अञ्जु उप्रेती ढकालको ईजलासले काठमाडौ जिल्ला अदालतको फैसला बदर गर्दै सन्दीपलाई निर्दोष ठहर गरेको हो।
उच्च अदालतको यो फैसलासँगै सन्दीप फेरि क्रिकेटमा फर्किने बाटो खुलेको छ।गत पुष १३ गते काठमाडौ जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ५ लाख जरिवाना गरेको थियो।जिल्ला अदालतले पीडित नाबालिग नरहेको ठहर गरे पनि उनको कमजोर आर्थिक अवस्थाको फाईदा उठाएको तर्क गर्दै सन्दीपलाई दोषी ठहर गरेको थियो।
गत फागुन १० गते सन्दीप जिल्ला आदालको फैसला विरुद्ध उच्च अदालतमा गएका थिए।यस्तै जिल्ला सरकारी वकीलको कार्यालले पनि गत चैत २ गते सन्दीप विरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।उच्च अदालतबाट फैसला पूर्णपाठ भने आउन बाँकी रहेको छ।
सन्दीप लामिछाने विश्वकप खेल्न जाने ।
यस्तै : नेपाली राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ।उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ।
यसैविच :क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाए पछि अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन्।
उच्च अदालत, पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै सन्दीपलाई सफाइ दिएको छ।सफाइ पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले आफूलाई फसाएर दोषी करार गरिएको बताउनुभयो।
पहिलादेखि नै आफूले निर्दोष भएको जिकिर गरेको स्मरण गर्दै उनले भने, ‘धेरै तरिकाले फसाएर नभएको अपराधको दोषी करार गरिएको थियो।फाइनल्ली यहाँ आइपुगेका छौं ।’
जिल्ला अदालतको फैसलालाई सम्मान गरेको भन्दै उनले उच्च अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन्।आफूलाई साथ दिने सबैलाई धन्यवाद दिदै सन्दीपले भने,नेपाली क्रिकेटलाई ‘जति हुनसक्छ आगामी दिनमा प्रयास गर्नेछु, जहाँ मैले पुर्याएको थिएँ त्यसभन्दा पनि माथि पुर्याउन कोसीस गर्ने पनि बताएका छन्।