भरतपुर १९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुँदै

काठमाडौं,साउन,२-

चितवनको भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज फेरि हुँदैछ । यसअघि असार २६ मा न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ पेसी तोकिएको थियो तर हेर्न नभ्याउने भन्दै आजका लागि सारिएको थियो ।

भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाई पटक पटक सर्दै आएको छ । कागजातहरु दुई साताअघि नै अदालतमा पेश भइसकेका छन् । भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेको हो ।

तर, आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गर्नुभएको थियो ।