बाँकेमा पनि धुमधामका साथ मनाईयो प्रजातन्त्र दिवस

नेपालगन्ज , फागुन, ७
देशभर आज ६९ अौं प्रजातन्त्र दिवस सव्य तरिकाले मनाईएको छ।
देशभर मनाउने क्रममा बाँकेमा पनि विभिन्न कार्यक्रम गरी भव्य अनि सव्य तरिकाले मनाइयो।

आजै मुल समारोह समितिको अायोजनामा निर्वाचन स्थापना दिवस पनि मनाइएको छ। नेपालगन्जमा ६९ औं प्रजातन्त्र दिवसका अवसरमा निजामती कर्मचारी, बिद्यार्थी ,सशस्त्र प्रहरी बल ,नेपाल प्रहरि,नेपाली सेनाको उपस्थिति रहेको थियो।

त्यस्तै प्रजातन्त्र दिवस मनाउनको लागि नेपालगन्ज उपमहानगरपालिका मेयर, उपमेयर , जिल्ला प्रशासनका प्रमुख, राष्टिय परिक्षा बोर्ड कोहलपुरका प्रमुख , समाजसेवीहरु, मानवअधिकारकर्मीहरु, पत्रकार तथा अन्य विभिन्न संघसंस्थाहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रजातन्त्र मनाउने क्रममा नेपालगन्जमा बाजागाजा सहित बि- पि – चोक देखि लिएर धम्बोझी त्रिभुवन चोक हुँदै जिल्ला प्रशासन कार्यलय हुँदै जिल्ला बिकास समिति सम्म विशाल र्‍याली निकालि कोण सभामा परिणत गरिएको थियो ।
तस्बिर :जयपति ढकाल