डिग्री पास गरेर वडा अध्यक्ष : सबैमा गुण्स्तरिय शिक्षा पुर्याउने लक्ष्य

अराज सिहं बेल्बासे,

कपिलवस्तु,श्रावण १०-
आजभोली प्रार्य मानिस कसरी कमाउने भन्नेमा ब्यस्त देखिन्छन तर यहि समाजमा आफ्नालागी भन्दा हरुका लागि सोच्ने मान्छे हरु पनि छन भन्ने दरिलो उदाहरण बनेका छन् । युवा नेता दामोदर अधिकारी , डिग्री पास गरेका अधिकारीलाइ अहिले ५०,६० हजार कमाउन खाशै गारो छैन तर आफु भन्दा पनि समाज परिर्वतन गर्ने गर्ने लक्ष्य पहिले देखी बोकेका उनलाई जनताको लागी काम गर्ने अबसर स्थानिय चुनावले जुराइ दिएको छ ।

शितगंगा वडा अध्यक्ष दामोदर अधिकारी

शितगंगा नगरपालिकाको वडा नम्बर ४ मा वडा अध्यक्षमा बिजयी भएका अधिकारी बिद्याथी जिवन देखि राजनितीमा आस्था राख्ने उनले राजनितीलाइ गलत प्रयोग कहिले गरेन्न । सबै सगँ मिठो बोल्ने सबैको मन जित्ने स्वभावका उनि राजनितीमा खुलेर प्रचारमा लाग्ने पाटीका कुरा गर्ने खाशै नगरे पनि उनको इमान्दारीले उमेद्दारी परे सँगै धेरैले पाटीगत भन्दा ब्यत्तिगत हिसावले धेरैले सहानुभुती दिएका पनि थिए ।

एउटा शिक्षित र बिभिन्न सँस्था हरुमा रहेर काम गर्दा पनि सबैको मन जितेका उनलाइ स्थानिय तहको चुनावमा सबैले भोट दिएर सितगंगा नगरपालिकाको मुटु मानिने वडा नम्बर ४ मा बिजयी बनाएका छन । चुनाव जिते पनि हारे पनि जनताको काम गर्न पछि नपर्ने भन्ने उनिले अब जिते पछि वडामा गर्ने धेरै कामको घोषण गरेका छन ।

स्थानिय ज्योति बहुमुखीमा स्नातकमा अध्यापन गराउदै आएका अधिकारीले ज्योति माबीको अध्यक्ष भएर काम गर्दा बिद्यालय ब्यबस्थित गर्ने लाइबे्ररीको सुबिधा जस्ता धेरै कार्य गरेर अभिभावको समेत मन जितेका थिए ।अर्घाखाँची सामुदायिक अध्यन केन्द्रको जिल्ला सचिवमा ३ बर्षे कार्यकाल समेत बिताएमा अधिकारी सगँ धेरै सस्थांमा काम गरेको अनुभव समेत रहेको छ ।

अब स्थानिय स्थरको जनप्रतिनिधी भए पछि अझै जिम्मेबारी थपिएको भन्दै वडा नम्बर ४ को अमराइ लगायतका क्षेत्रमा बिकराल अबस्थामा रहेको खानेपानी समस्या सबै भन्दा पहिले अन्त्य गर्ने बताएका छन ।

खानेपानीका मुहान हरु मर्मत गरि पानीको कमी हुन नदिन काम सुरु गर्ने तयारीमा रहेको बताए युवा बिदेसीने क्रम घटाउन स्थानिय स्थरमा शिपमुलक तालिम तथा आत्मनिर्भर गराउने , प्राबिधिक शिक्षा पनि आफ्नो मुख्य योजना भएकोले जसरी पनि स्थानिय स्थरमा प्राबिधिक शिक्षा सञ्चालनमा ल्याउने बताए ।

अब बजार बाट निस्कने फोहोर जथाभाबी फाल्ने लाइ फोहोर मैला ब्यबस्थापन एैन २०६८ अनुसार कारवाही गर्ने अहिले जथाभाबी स्कुलको छेउमा फाल्दा स्कुललाइ समेत फोहोरले असर गरेकोले त्यसमा आफ्नो गम्भिर ध्यानआर्कषण भएकोले फोहोर मैला व्यबस्थापनको लागी छुट्टै स्थान तोक्ने बताए ।

स्थानिय सामुदायी बिद्यालयमा अग्रेजी माध्यममा पठनपनठनको ब्यबस्थागराउने पहल समेत गर्ने बताउदै वृदवृद्धा हरुको सामाजिक सुरक्षा बितरणमा पनि घरमा पुराउने वडा नम्बर ४ लाइ साक्षरमा सतप्रतिसत काम सम्पन्न गर्ने सबै नागरिकलाइ शिक्षित बनाएमा पनि धेरै बिकासका काम तथा सरसफाइको क्षेत्रका सजिलो हुने भएकोले शिक्षलाइ पहिलो प्राथमिक्ता दिएर काम सुरु गर्ने बताए ।

बिकास तथा जनताको काम गर्न कुनै समय दिनरात नभनी लाग्ने र जनताको प्रतिनिधी भएकोले अब पाटी आस्था भन्दा माथी रहेर जनताको काम गर्न सुरु गरिसकेको र अब ५ बर्ष आफु कुनै पाछीको भन्दा जनताको भएकोले जनताको सुबिधाको लागी कुनै कसर बाकी नराख्ने सबै भन्दा नमुना वडा बनाएर देखाउने अबसर जनताले दिएकोले त्यो काम गरेरै छाड्ने अटोट अधिकारीको रहेको छ ।

कामगर्न युवा जोस आबस्यक हुने भएकोले वडा नम्बर ४को सदस्य हरुमा बलेन्द्र बिश्बकर्मा र कृष्ण आचार्य जस्ता युवा सदस्य पाउनु पनि आफ्नोलागी गौरवकै कुरा भएको बताउदै सबैको साथको आबस्यकता रहेकोले सबै सगं मिलेर बिकासको काममा लाग्ने बताएका छन ।