गणेश घर्तीको पहिलो लोकगीत “सानू तिमी मेरी मात्र हौ”

काठमाण्डौं,पौष,२-

पछिल्लो समय नेपाली  गीत संगीतमा थुप्रै नयाँ कलाकारहरुको आगमन हुने क्रम तिव्र रुपमा बढेको छ । नेपाली लोकसंगितमा नयाँ अनुहार र बेग्लै पहिचाहनका साथ फेरी एक लोकसंगीतका पारखीले बिल्कुलै नयाँ लोक दोहोरी गित बजारमा ल्याएर आई पुगेका छन् । 

नवगायक गणेश घर्ती र चर्चीत मोडल सारिका के.सि

उनी हुन्, प्युठान जिल्लामा जन्मनु भएका नवगायक गणेश घर्ती मगर । उनले आफ्नो पहिलो गीत “सानू तिमी मेरी मात्र हौ” बोलको गित बजारमा ल्याएर आएका छन् । उक्त्त गितमा प्रेम सोनि कल्पित र मुस्कान घर्तीको संयुत्त रुपमा शब्द संकलन रहेको छ भने प्रेम सोनि कल्पितले लय भर्नु भएको गितमा चिर्चीत लोकदोहोरी गायीका पुर्णकला बि.सि र गणेश घर्ती मगरको स्वर रहेको छ ।

“सानू तिमी मेरी मात्र हौ” बोलको गितको म्युजीक भिडीयोको अभिनय भने चर्चित मोडल सारिका के.सि र गणेश घर्ती मगरले गरेका छन् । बिशेष रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गितको बजार व्यवस्थापन भने बागलुग्ङ कालीका म्युजिक प्रा.ली ले गरेको हो । समसामयीक माया प्रेममा आधारीत यो लोक दोहोरी गित  लाई सबैले सुनेर मनपराउनपहुन्छ भन्ने अपेक्षा नवगायक गणेशले गरेका छन् । 

(यो गीतको म्यूजीक भिडीयो पनी अवश्य हेर्नुहोला ।)