चुनावले छोएन दलित समुदायलाई,कहिले स्वतन्त्र रुपमा भोट हाल्न पाएनन

रमित बि.क.,

बाजुरा,असार १०-

बाजुरा जिल्लाका अधिकांस दलित समुदायले स्वतन्त्र मत हाल्न पाएका छैन् । जिल्लाका अधिकांस नगर तथा गाउँपालिकाका दलित समुदायका व्यतिmले आफहरुुले ढुक्क भएर मत हाल्न नपाएको बताएका छन् ।

स्वामिकार्तिक गाँउपालिका ३ जुकोट बस्ने ७० बर्षिय नन्दे बि.क. अहिले सम्म पनि स्वतन्त्र रुपमा मतदान गर्न पाएका छैनन् । उनले धेरै चुनावमा भाग लिन पाएको भएपनि स्वतन्त्र रुपमा कुनै चुनावमा पनि भोट हाल्न पाएका छैनन् । यो पाली पनि जता माथिल्लो जातकोले भन्यो,उतै भोट हाल्ने तयारीमा रहेका छन् ।

जुकोट गाँउमा ठकुरीको बाहुल्यता भएको क्षेत्र हो । नन्दे बि.क. जस्तै जुकोटका २ सय १३ दलित परिवारको समस्या एउटै हो । ति मध्ये अधिकांश दलित परिवार ठकुरी जातिको हलिया बस्दै आएका छन् । जता उहाँहरुले भन्यो त्यतै भोट हाल्ने गरेका छौ, यो बर्षमा पनि त्यहि गर्ने गरेको दलित अगुवा मनि विकले बताउनुभएको छ ।

सुरु सुरुमा चुनावमा भोट हाल्न लायनमा बस्ने गरेका थियौ, ठकुरी आएर लायन बाट नै मतपत्र खोसेर उनीहरुले हाल्ने गरेका थिए । २०७० सालमा पनि देखाएर नै भोट हाल्नु परेको थियो,अशिक्षित र बुढापाकाहरुको भने उनीहरुले आफै भोट हालिदिने गरेको छन् स्थानियले बताएका छन् ।

दलित समुदाय ठुलापटा, कडारबाडा र लुवारबाडा टोलमा बसोवास गदै आएका छन् । दलित समुदायलाई हलिया राखेको भएपनि कमाराका रुपमा ठकुरी जातिले ब्यवहार गर्ने गरेका छन् । सधै दवाफमा पर्ने गरेका छौ, स्वतन्त्र रुपमा कहिल्यै भोट हाल्न पाउदैनौ । ठकुरी एमाले भएकै कारण सबैले एमालेलाई भोट हाल्ने गरेका छौ उनीहरुले बताएका छन् ।

आफुहरुले मतदान गर्न ३ पटक पाएपनि आफु लायनमा बसेपछि अरुले खोसेर भोट हालेको बताएका छन् । उनीहरुको मातहतमा बसेका छौ, कसरी अरु ठाँउमा भोट हाल्ने उनीहरुले बताएका छन् । त्यहाँका ति दलित परिवारले त जे ठकुरीले भन्यो त्यहिमा चल्नु पर्ने बाध्यता उनीहरुमा रहेको छ ।

बाजुरा देशकै सबैभन्दा बढी गरिबी भएको जिल्लामा पर्दछ । जिल्लामा ६४ प्रतिशत बासिन्दा गरिबीको रेखामुनी रहेका छन् । बाजुराका दलित समुदायलाई चुनाव सम्बन्धि कुनै मतलब समेत छैन् । जिल्लामा करिब १८ प्रतिशत दलित समुदायको बसोवास रहेको छ ।

बिगतमा राजनितिक दलका नेताहरुले ठुला, ठुला आशवासन दिने गरेका थिए । आखिर आश्वासन दिने भन्दा अन्य काम नभएकाले दलित समुदाय राजनितिक दलप्रति विश्वास घटदै गएको दलित अधिकारकर्मी बिनोद कुमार बि.क.ले बताउनुभएको छ ।