स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रमम सम्पन्न

मधुपौडेल,

बाँके,असार,९-

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सरोकारवालाहरुको भुमिका बिषयमा नेपालगन्जमा अन्तरक्रिया गरिएको छ । शुक्रबार कानुन पत्रकार समाज बाँकेको आयोजना जिल्लाका सरोकारवालाह?सँग अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा बोल्ने सहभागिहरुले असार १४ गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई स्वस्छ र निपक्ष्क्ष बनाउन सबै आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिएका थिए । बाँकेका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले निर्वाचनको तयारी अन्तिम चरणमा पुृगेको जानकारी दिएका थियो ।

उनले उम्मेदवारहरुले निर्वाचन आचारसंहिता पालना गरे नगरेको अनुगमन समेत भइरहेको बताए ।मुख्य निर्वाचन अधिकृत पौडेलले आचारसंहिता पालना नगर्ने उम्मेदवारहरुलाई बोलाएर सम्झाउने गरिएको बताए । सहभागिहरुले मतदानको दिन मतदातालाई ढुक्कका साथ मत हाल्न जाने बातावरण हुने गरी सुरक्षा व्यवस्था मिलाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका प्रमुख बसन्तराज अधिकारी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक प्रसाद राई, कानुन व्यवसायी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

आइएचआरसीका बाँकेका अध्यक्ष विश्वजित तिवराले स्वागत मन्तव्य दिएको कार्यक्रममा इन्सेकका भोला महत, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय का द्धारिा कुमारी अधिकारी , जिल्ला वार ऐसोसेसका अध्यक्ष उदय राज वर्मा, अधिवक्ता कुसुम सुवेदी

,पत्रकार मधु पौडेल ,अधिवक्त सुनिल श्रेष्ठ ,आइएचआरसीका लक्ष्मी तिवरी लगाएले प्रतिक्रिया दिएका थिए । कार्यक्रममा कानुन पत्रकार समाज बाँकेका अध्यक्ष लोकबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बसन्त गौतमले गरेका थिए ।