सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढायो

काठमाडौँ,चैत्र,१७-सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज (बिहिबार) सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको हो।यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरुले भाडा बढाउनुपर्ने माग गर्दै आएका थिए ।

सरकारले भाडा नबढाए आफैं बढाउने चेतावनी समेत दिंदै आएका थिए।रुटगत भाडादर भने आगामी आइतबार प्रकाशित गर्ने विभागले जनाएको छ ।

प्रतिशत भन्दा पनि रुटगत भाडादर कायम गरिने विभागले जनाएको छ ।