व्यवस्थापिका संसद बैठक आज पनि बस्दै

काठमासडौ,जेठ,१८-

व्यवस्थापिका संसद बैठक आज पनि बस्दै छ । हिजो भरतपुरमा तत्काल मतगणना गर्न माग गर्दै नेकपा एमालेले संसद बैठकमा अबरोध पुर्याएपछि बैठक स्थिगित भएको थियो ।

बैठकमा १५ गते प्रस्तुत बजेट लगाएत बिषयमा छलफल गर्ने कार्यसुची रहेको थियो । एमालेले चितवनको मतगणना शुरु नहुदा सम्म संसदको अबरोध नखुलाउने बताएको छ ।

सभामुख ओनसरी घर्तिमगर दलहरुको सहमतिको पर्खाईमा रहनुभएको छ । दलहरुले सहमति गरेर आए वा निार्वचन आयोगले कुनै महत्वपूर्ण निर्णय गरेमात्रै संसदको प्रक्रिया अगाडी बढाउने तयारीमा सभामुख रहनुभएको प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिनुभयो ।