किशोरी बलत्कारमा संलग्न एक युवा पक्राउ

नरेश खड्का,

दाङ, असार,१५-

किशोरी बलत्कारमा संलग्न एक युवा तुलसीपुरबाट पक्राउ परेका छन् । तुलसीपुर–६ गु्रुमराह चोक निवासी २३ बर्षका विक्रम चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

तुलसीपुर–६ गु्रुमराह चोक निवासी विक्रम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।गएको फागुन १३ गते शिबरात्रीको दिन वनगाउँ जंगलमा १८ बर्षिय किशोरीलाई बलात्कार प्रयास गर्ने क्रममा छिमेकिले देखे पछि चौधरी फरार भएका थिए ।

उनलाई हिजो तुलसीपुरबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । फरार चौधरीलाई इलाका प्रहरी कार्यालयबाट सादापोषाकमा रहेका प्रहरी हवल्दार सुनिल शाहीले गुम्राह चोकबाट नियन्त्रमा लिएका थिए ।

चौधरी स्थानीय निवाचनमा भोट हाल्न घर आएको वेला प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर अनुसन्धान सुरु गरीएको छ ।