३९ जना वरिष्ठ प्रहरी उपरिक्षकहरुको सरुवा

काठमाण्डौँ, माघ,१३ –  सरकारले ३९ जना वरिष्ठ प्रहरी उपरिक्षकहरुको सरुवा गरेको छ । गृहमन्त्रालयले गएराती उनीहरुको सरुवा गरिएको जनाइएको छ ।उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीचको सहमतिमा ३९ जना एसएसपीहरुको सरुवा गरिएको हो ।यसरी सरुवा हुनेमा महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनाल महानिरीक्षकको सचिवालयमा ल्याइएको छ । उहाँको ठाउँमा दिनेश अमात्यलाई पठाइएको छ ।

त्यस्तै धिरु बस्नेतले लागू औषध नियन्त्रण ब्युरो काठमाडौं सम्हाल्नुहुनेछ भने महानगरीय प्रहरी परिसर प्रमुखमा छविलाल जोशीलाई पठाइएको छ ।यस्तै प्रहरी प्रशिक्षण प्रतिष्ठान चितवनमा रहनुभएका एसएसपी रमेश खरेललाई प्रहरी मुख्यालय, युएन शाखामा सरूवा गरिएको छ ।माओवादी विद्रोहकालमा अपहरणमा परेका एसएसपी ठूले राईले ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।त्यसैगरी एसएसपी महेन्द्र पोखरेल सिन्धुली तालिम केन्द्रमा, दीपक थापा लुम्विनी प्रहरी प्रमुखमा र उत्तम कार्की कोशी प्रहरी प्रमुखमा सरुवा हुनुभएको छ ।

पिताम्वर अधिकारीलाई मेची प्रहरी प्रमुखमा सरुवा गरिएको छ । त्यस्तै, केन्द्रीय अनुसन्धान ब्युरोमा शेरबहादुर वस्नेत, सुदुरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, दिपायलमा मोहन जोशी र सगरमाथा अञ्चल प्रहरी प्रमुखमा बलराम शर्मा पुगेका छन् ।एसएसपी विष्णुहरी गौतम गण्डकी अञ्चल प्रमुख, कर्णालीमा सुरज केसी, महाकालीमा सुशील भण्डारी र वागमतीमा पुष्प रन्जित सरुवा हुनुभएको छ । साभार: नेवावानीबाट