नेपाल आयल निगमद्धारा ६ जिल्लामा खाना बनाउने ग्यासको मूल्य घटायो

बाँके,माघ ६-नेपाल आयल निगमले ६ जिल्लामा खाना बनाउने ग्यासको मूल्य घटाएको छ । घटेको मूल्य अनुसार अब दाङ, बाके, बर्दिया, कैलाली र कन्चनपुरमा अब प्रतिसिलिण्डर १२ सय ७५ र रुपन्देहीमा १३ सय ५ रुपैयाँमा सिलिण्डर पाइने आयल निगमले जनाएको छ । यी जिल्लामा ग्यासको ढुवानी लागत कम परेकाले भाउ घटाइएको निगमका प्रवक्ता भानुभक्त खनालले बताउनुभयो ।

अहिले भारतको मथुरा रिफाइनरीबाट ग्यासको आपूर्ति बढेकाले यी जिल्लामा ढुवानी लागत कम परेको हो । यी जिल्लामा ग्यासको भाउ घटे पनि अन्त भने नघट्ने प्रवक्ता खनालले बताउनुभयो । अरु जिल्लामा ग्यास प्रतिसिलिण्डर १३ सय २५ रुपैयाँ छ । उहाँका अनुसार निगमले ग्यासमा प्रतिसिलिण्डर ७८ रुपैयाँ २४ पैसा घाटा व्यहोर्दै आएको छ ।