यू–१९ महिला फुटबल:नेपालको बहराईनमाथी ४-२ गोलको शानदार जित

काठमाडौं,मंसिर,२९-

नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा बहराईनलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा नेपालले बहराईनलाई ४-२ गोल अन्तरले पराजित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

 

नेपाली टिम सरु लिम्बुको कप्तानीमा मैदान उत्रिएको थियो ।नेपाली टिम दुई मैत्रीपूर्ण खेलका लागि शुक्रबार बहराईन प्रस्थान गरेका थिए ।