‘ए’ डिभिजन लिग फुटबल: आर्मी र च्यासलको विजयी सुरुवात

काठमाडौं,मंसिर,३०-

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लव र च्यासल यूथ क्लव विजय भएका छन् ।

मैदान अभावले हिजो स्थगित गरिएका खेलहरु आज गरिएको थियो ।सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लवले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक एक गोल गरे ।

फ्रेन्ड्सका शक्ति राईले एक गोल फर्काए । जितसँगै आर्मीले पहिलो खेलमै ३ अंक जोडेको छ ।गत सिजन आर्मीले फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको थियो ।

यस्तै : सोमबार नै  दशरथ रंगशालामा भएको अर्को खेलमा संकटा क्लबलाई हराउदै च्यासल युथ क्लबले विजय सुरुवात गरेको छ ।कप्तान सन्तोष शाहुखलको दुई गोलको सहयोगमा च्यासल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेकाे हो । च्यासलले संकटालाई २–० ले हराएको हो । 

च्यासलका जितमा दुवै गोल सन्तोषले गरे । पहिलो हाफको ४१ औ मिनेटमा सन्तोषले गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ८४ औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै च्यासललाई २-० को जित दिलाए । जितसँगै च्यासलले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

झण्डै ५ वर्षपछि दरशरथ रंगशालामा मुलुकको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता फर्कन लागेको हो ।गत शनिबार सुरु भएको ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले विजयी सुरुवात गरेको छ ।लिगको पहिलो खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई २–० ले हराएको थियो ।