के सक्लान त कान्छा अभियन्ता केपि उठाउन चालिस लाख ? तथ्य यस्तो भन्छ ?

काठमाण्डौं,साउन,१६-

के.पि खनाल

बा-आमा अझै पनि प्रदेशमा चौकिदारी गर्दै घरपरिवार पाल्दैछ्न् ,घरको जेठो सन्तानको रुपमा जन्मिएका नेपालका कान्छो सामाजिक अभियन्ता भनेर चिनिएका केपि खनाल ,आफु पछिको १५ बर्ष बहिनीलाइ कैलालीमा घर हेर्न लगाइ आफु नेपाल हेर्दैछ्न ।

हो नेपालको पनि नेपाल भित्रको नेपाल जहाँ फोहोर हुन्छ त्यहाँ केपि खनाल अनि जहाँ दुखी हुन्छ्न त्यहा केपि खनाल सायद अहिले यो वाक्य सामाजिक संजाल प्रयोग गर्ने सबैको मनमा हुनुपर्छ। आफु सानो १० बर्ष छदा देखी समाजसेवामा भिजेको प्रमाण सहित देखाउने केपि आफ्नो लक्ष्यमा यसरी लाग्छ्न कि सायद त्यसरी नै अहिलेको राजनीतिमा लागेर देश बनाउने जिम्मा पाएका नेतृत्व बर्गले लाग्दिएको भए देश चाडै समृद्ध हुने थियो होला ।

साथै उनले टुइटर मार्फत यसरी सहयोग मागेका छ्न् ।।

 

कक्षा १२ सम्म कैलालीमा नै अध्यायन गरेका केपि खनालले बिं.स २०७४ मंसिरको पहिलो साता काठमाडौ पढ्नै भनेर झरे तर उनले किताबको ज्ञान भन्दा पहिले काठमाडौ पढेछ्न ,काठमाडौको फोहोरले उनलाइ निकै आफ्नो बनायो अनि उनि पुनः आएको एक हप्तामा नै म बदलिन्छु ,मेरो देश बदलिन्छ भन्दै फोहोर नै नगरौं भन्दै

कहिले पुसमाघको जाडोमा राती त कहिल्यै सत्र सय भन्दा बढीलाइ सडकमा झारेर सफाइ अभियानमा निस्किएको पाइन्छ तर पछिल्लो समय सफाइ अभियान सङगै नेपालको भोकमरी जिल्ला भनेर चिनिने बाजुरा जिल्लामा बिगत् ३ बर्ष देखि स्थानीय कन्सन बाजुरा संरक्षणमा बसेका अनाथ बालबालिकाको लागी करिव ४०/५० लाखको लागतमा नमुना अनाथ आश्रम बनाउन जुटेका छ्न ।

एक १८ बर्षको युवाले यत्रो रकम कहाँ बाट जुटाउन सक्ला भन्ने सबैको मनमा प्रश्न बसेपनी खनालले सबैलाइ चकित पार्दै एक दुइ महिना भित्रै १५/१६ लाख उठाइ सकेको र शौचालय अनि भान्सा घर बनेर अन्तिम चरणमा पुगेको बताउन्छ अब विभिन्न देशमा रहेका नेपाली हरुले संस्था वा ब्यक्तिगत रकम जुटाउदै गरेकाले रकम आए सङगै बिस्तार घर बनाउने कामको सुरुवात हुने उनि बताउन्छ ।

“सकिन्छ हजार सकिदैन प्रचार” भन्ने नारा ले अभियान सुरुवात गरेकाले धन भएकाले सानो रकम अनि मन भएकाले प्रचार गरेर सहयोग गरिदिनहुन कान्छा अभियन्ता केपि खनाल अनुरोध गर्दछ्न ।

साथै उनले टुइटर मार्फत यसरी सहयोग मागेका छ्न् ।