बाबुरामको ट्विटमा कमल थापाको रिप्लाई, ‘तपाईंलाई नै प्रधानमन्त्री बनाउने मेरो प्रस्ताव हो’

काठमाडौं,फागुन,१९-राष्ट्रिय प्रजातन्त्र पार्टीका अधयक्ष कमल थापाले डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गर्नु भएको छ ।

भारतको दिल्लीमा उपचार गराएर फर्कनुभएका भट्टराईको ट्विटको उतर दिँदै थापाले प्रधानमन्त्रीका लागि प्रस्ताव गर्नुभएको हो ।

‘भरखरै दिल्लीबाट स्वस्थ भएर फर्कनु भएको तापाईंलाई नै प्रधानमन्त्री बनाऔं भन्ने मेरो प्रस्ताव छ।यसो गरे कसो होला’, थापाले लेख्नुभएको छ ।

थापाले दिल्लीमा स्वास्थ्य परिक्षण गरेर फर्कने बित्तिकै आएको भट्टराइको ट्विटको प्रशंसासमेत गर्नुभएको छ ।

भट्टराईले मंगलबार राति गरेको ट्विटमा १० दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनाएको उल्लेख गर्नु भएको थियो ।

उहाँले ‘फरगिभ’ र ‘फरगेट’को स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्नुपर्ने सुझाव दिनु भएको छ ।

भट्टराईले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमत्तिले संविधान संशोधन गर्ने, संवैधानिक अंगहरुलाई निष्पक्ष बनाएर सुशासन कायम गर्ने र छिमेकी मुलुकहरुसँग असल सम्बन्ध बनाएर देशलाई राजनीतिक सहमत्तिबाट अघि बढाउनुपर्ने बताउनु भएको छ ।