प्रदेश ५ को राजधानी कोहलपुर उपयुक्त : युवा नेता न्यौपाने

कोहलपुर,पुस,१२- 

माओवादी केन्द्रका युवा नेता : नरेन्द्र न्यौपाने

माअाेवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले प्रदेश नं: ५ को राजधानी कोहलपुर उपयुक्त स्थान भएको बताउनु भएको छ । अखिल क्रान्तिकारिका निवर्तमान अध्यक्ष समेत रहनु भएका न्यौपानेले ५ नम्बर प्रदेशकाे राजधानी कोहलपुर उपयुक्त भएको बताउनु भएको हो ।

प्रदेश न.६ र ७ लाइ जोड्ने केन्द्र बिन्दु , उपयुक्त भाैगाेलिक बनावट, आबश्यक पुर्वाधार तथा प्राकृतिक स्राेत, साधनले समेत कोहलपुरलाई भरपुर साथ दिएकाे उल्लेख गर्दै न्यौपानेले जिल्लावासिले त्यसकालागि अावाज उठाउनुपर्ने बेला अाएकाे जिकिर गर्नुभयो । 

प्राप्त अधिकारकाे सुनिश्चिततासँग थप अधिकार प्राप्तिकालागि समेत यस क्षेत्रका नागरिक समाज, अगुवा, राजनितिक दलका प्रतिनिधि तथा संचारजगतले अावाज उठाउनुपर्ने न्यौपानेको भनाई छ । ५ नम्बर प्रदेशको राजधानिकालागि दाङ र बुटवलबिच बहस चलिरहँदा अाफुले बाँकेकाे कोहलपुरलाई पनि समेट्नुपर्ने माग गरेको र त्यसकालागि केन्द्रमा समेत दवाव दिएकाे न्याैपानेले जानकारी दिनुभयो ।

गएकाे स्थानिय तह निर्वाचनमा काेहलपुर नगरपालिकाकाे प्रमुखकाे प्रत्यासि समेत रहेका न्याैपानेले बुटवल र दाङकाे तुलनामा कोहलपुर ब्यवस्थित र उर्जावान शहर भएकाले पनि अबका अधिकारहरू कोहलपुर केन्द्रित हुनुपर्नेमा जाेड दिदै अाउनु भएको छ।

विशेषगरि अाफु दाङ र बुटवलकाे विराेधि नभएकाे जिकिर गर्दै न्याैपानेले अधिकार बिकेन्द्रिकृत गरिनुपर्ने बताउनुभयो । साथै बाँकेमा रहेका अधिकाशं सरकारि कार्यालयहरू अनेत्रै लैजानु बिडम्बनापुर्ण रहेकाे भन्दै न्याेपानेले दुख समेत ब्यक्त गर्नुभयो।