बझाङमा काँडा गाँउपाली ५ बाट एमालेको विजयी सुरुवात

होम योगी,

बझाङ, असार,५-

नेकपा एमाले बझाङको काँडा गाँउपालीका ५ मा प्यानल निर्विरोध निर्वाचित भएको छ । काडाँ गाउँपालिका ५ मा एमालेका वडा अध्यक्ष धन्नजय बोहराको प्यानल निर्विरोध निर्वाचित भएको स्थानीय गोरख बहादुर बोहराले बताए ।

आईतबार भएको मनोनय दर्तामा काडाँ गाउँपालिका ५ बाट अन्य दलको उम्मेदवारी उम्मेदवारी नपरेपछि एमालेका वडा अध्यक्ष पदका उम्मेदवार धन्नजय बोहरा सहितको प्यानल निर्विरोध विजयि भएको बोहराले बताए ।

उनका अनुसार निर्विरोध निर्वाचित हुनेमा महिला सदस्य अम्मरा देवी बोहरा, खुला सदस्य डब्बल बोहरा र कलु बोहरा रहेका छन्. । काडाँगाउँपालिका ५ मा दलीत महिला सदस्य नहुदा महिलाको सिट खाली रहेको उनले बताए ।

नेकपा एमालेले बझाङमा काँडा गाउपालिकाका ५ बाट विजयी सुरुवात गरेको छ ।

काँडा गाँउपालीका ४ मा दलीत महिला निरविरोध ।

बझाङको काँडा गाँउपालीका ४ धुलीमा नेपालि काँग्रेसका दलित महिला उम्मेदवार अमृता विक विजयी हुनु भएको छ । अन्य दल बाट दलित महिलाको उम्मेदवारी नपरे पछि विक निर्विरोध विजयि हुनु भएको गोरख बहादुर बोहराले बताए ।