बाँकेमा जनप्रतिनिधिले समस्यामा चासो नदिदा किसानहरु रुष्ट

राम सुनाम/

बाँके,पुस,१२-

किसानहरुको समस्याको विषयलाई जनप्रतिनिधिले चासो नदिदा बाकेका किसानहरु रुष्ट बनेका छन् । राष्ट्रिय कृषक महासघं बाँके शाखाले आयोजना गरेको नव निर्वाचित जन प्रतिनिधिहरुको स्वागत एवं कृषिका समस्या, सवाल र विकासका योजनाका बारेमा गरीएको कार्यक्रममा जन प्रतिनिधिहरु सहभागी नभइदिदा किसानहरु रुष्ट बनेका हुन् ।

किसानहरुको समस्याको विषयमा जनप्रतिनिधिले चासो नदिएको र किसानको कार्यक्रमलाई प्राथमिकतामा नराखेको उनिहरुको ठम्याई छ । नेपालगन्ज उप-महानगर स्तरीय छलफल कार्यक्रममा उप महानगरपालिकाका मेयर साथै अन्य केहि वडा अध्यक्षहरुलाई पत्रचार गरिएको थियो । तर एक जना जनप्रतिनिधिको पनि कार्यक्रममा उपस्थिती भएन ।

किसानको कार्यक्रमलाई जनप्रतिनिधिले प्राथमिकतामा नराखेको गुनासो किसानहरुको रहेको छ । ६० जना भन्दा बढि किसानको सहभागीता भएको कार्यक्रममा एक जना पनि जन प्रतिनिधि नआउदा उपस्थित किसानहरुले आफ्ना समस्या आफैविच राख्ने र आफै सुन्ने बाहेक अरु विकल्प नभएको राष्ट्रिय कृषक महासघं बाँकेका सचिव सर्वजित विष्टले बताउनुभयो ।

एक्सनएडको सहकार्यमा गरीएको स्वागत तथा छलफल कार्यक्रममा किसानहरुले उत्पादित कृषि बस्तुको उचित मुल्य नपाउदा थप मर्कामा परेको बताएका थिए ।

बाँकेका किसानहरुले भारतिय बजार सगं प्रतिसपर्दा गर्नु परेकाले उत्पादीत कृषि बस्तुले उचित मुल्य नपाउने भएको किसानहरुले निर्कष निकाले । नेपालगन्ज उप महानगरपालिका क्षेत्रमा रहेका कतिपय किसानले अझैपनि विउ तथा मल समयमा नपाउने गरेको समस्या बताएका छन ।