सशस्त्र प्रहरी बलमा २५ सय जनाको माग

काठमाण्डौ,साउन,३१-
सशस्त्र प्रहरी बलमा २५ सय जनाका लागि जागिर खुलेको छ । सशस्त्र प्रहरी बलले मंगलबार एक सुचना प्रकाशन गर्दै प्रहरी जवान, भान्छे, केश कर्तक, सुचिकार चर्मकर्मी र कुचिकार गरि २५ सय कर्मचारी माग गरेको हो ।

सशस्त्र प्रहरीले २३ सय जना जवान मात्रै माग गरेको छ । जसमा खुलातर्फबाट १ हजार २१ सय १९ जना माग गरिएको छ भने बाँकी ३ सय ३१ जना आदिबासी जनजाति, मधेसी २ सय ९०, दलित १ सय ५५, पिछडा वर्ग ५२ जना र अमर तथा अशक्त सशस्त्र परिवारको परिवारका लागि ४६ कोटा छुट्टाइएको छ ।

त्यस्तै भान्छेमा १ सय ७ जनाको माग गरिएको छ, जसमध्ये ५७ जना खुलातर्फका लागि छुट्टाइएको छ । साथै केशकर्तक २५ , सुचिकार १५ चर्मकर्मी २० र कुचिकारमा ३५ जना माग गरिएको छ ।