सुदूरपश्चिमभर हुलाकका करिब साढे चारसय पद रिक्त

होम योगी,
कञ्चनपुर,फागुन ४-सुदूरपश्चिमभर हुलाकका करिब साढे चारसय पद रिक्त छन् । क्षेत्रीय हुलाक निर्देशनालय दिपायलका अनुसार ९ वटै जिल्लाहरुमा ४ सय २८ दरबन्दी रिक्त छन् । निर्देशनालयका अनुसार डोटी जिल्लामा शाखा अधिकृत २ जना, नायव सुब्बा २ जना, खरिदार ५ जना, सहायक कम्प्यूटर अपरेटर २ जना, सहायक लेखापाल २ जना र हुलाकी ४८ जना गरी जम्मा ६१ पद रिक्त छन् । त्यसैगरी बाजुरामा शाखा अधिकृत १ जना, नायव सुब्बा १ जना, खरिदार ४ जना, हुलाकी १८ जना र हल्करा ४ जना गरी जम्मा २८ पद रिक्त छन् ।

बैतडीमा शाखा अधिकृत १ जना, हुलाकी ४६ जना, हलकरा २६ जना र कार्यालय सहयोगी ४ जना गरी जम्मा ७७ जनाको पद रिक्त छ भने दार्चुलामा हुलाकी ५० जना र हल्करा १३ जना गरि जम्मा ६३ जनाको पद रिक्त रहेको छ । कैलाली जिल्लामा हुलाकी १८ जना, हल्करा १७ र ड्राईवर १ जना गरि जम्मा ३६ पद रिक्त छन् । कञ्चनपुरमा सहायक लेखापाल १ जना, टाईपिस्ट अपरेटर १ जना, हुलाकी १४ जना, हल्करा ९ जना र कार्यालय सहयोगी १ जना गरि २६ जनाको दरबन्दी रिक्त रहेको छ ।

अछाम जिल्लामा शाखा अधिकृत १ जना, सहायक लेखापाल १ जना, हल्करा १५ जना, हुलाकी ५१ जना र डाँक वाहक २ जना गरेर जम्मा ७० जनाको पद रिक्त रहेको छ । डडेल्धुरा जिल्लामा शाखा अधिकृत १ जना, हुलाकी ३२ जना र हल्करा १५ जना लगायर जम्मा ४८ जनाको पद रिक्त छ । बझाङमा शाखा अधिकृत १ जना, नायव सुब्बा १ जना, खरिदार ४ जना, हुलाकी ७ जना र हल्करा ६ जना गरि १९ जनाको दरबन्दी रिक्त रहेको क्षेत्रीय हुलाक निर्देशनालय दिपायलका खरिदार पुष्पराज भट्टले बताउनुभयो ।