महेन्द्र बहुमुखी सहित नेपालअधिराज्य भरिका क्याम्पसमा लगाएको ताला आज पनि खुलेन

मधुपौडेल, 

बाँके,साउन,२-

महेन्द्र बहुमुखी लगाएतका नेपालअधिराज्य भरिका क्याम्पसमा आज पनि ताला लागेको छ । विगत लामो समयदेखी आफुहरुले क्याम्पसमा हुने शैक्षिक गतिविधिमा निकै ठुलो भुमिका खेल्दै आएको भए पनि आफुलाई त्रिभुवन विश्वविद्यालयले सौतेलो व्यवहार गरेको भन्दै देश भरका त्रिभुवन विश्वविद्यालय अन्तरगतका आंशिक शिक्षकहरु आन्दोलित भएका हुन ।

त्रिविले आंशिक शिक्षकहरुलाई पुरानो नजीर अनुसार सोतह: करार नियुक्ति गर्नुपर्ने माग रहेको नेपाल आंशिक शिक्षक संघ महेन्द्र बहुमुखी क्याम्पसका कोषाध्यक्ष महारुप जैसीले बताउनु भएको छ । कोषाध्यक्ष जैसीका अनुसार हिजोका दिनमा जसरी आंशिक शिक्षकलाई करारको मान्यता दिइयो त्यसरी नै आंशिक शिक्षकलाई सेवा सुविधामा प्रदान गरीनु पर्ने आफ्नो माग उहाँले बताउनुभयो ।

आफ्नो मागहरुलाई छिटो भन्दा छिटो सम्वोधन गरी आफ्ना मागहरु पुरा गर्न बर्तमान सरकार अगाढी बढ्नु पर्ने सोही क्याम्पसमा अध्यापन गराई रहेको एक आंशिक शिक्षकले बताए ।त्रिविका आशिंक शिक्षकहरुको जायज माग पुरा हुर्नु पर्ने बताउनु हुन्छ महेन्द्र बहुमुखी क्याम्पसका प्रधानध्यापक संघका अध्यक्ष रुद्ध प्रसाद तिमिल्सेना यसैगरी यो आन्दोलनमा आफुहरुको पनि एकवद्धता रहेको अखिल क्रान्तिकारीका क्याम्पस इकाई अध्यक्ष नव राज योगीले बताउनुभयो ।

यसरी सरकारले आंशिक शिक्षकका मागहरु सम्वन्धोन गर्न तयार नहुने र अर्को तर्फ आन्दोलनका स्वरुप बन्द गर्दै अगाडि बढ्ने भन्ने जनाकारी आउदै गर्दा अध्यनरत विद्यार्थी तथा शिक्षक गतिविधिमा कस्तो असर पर्ला भन्ने कुरामा सम्वन्धीत निकाय सकारात्मक हुनु पर्ने देखिन्छ ।