कपिलवस्तुमा एक वर्षमा १३ विचौलिया जेल चलान, २३५ चेलीको उद्धार

अराज सिहं बेल्बासे,

कपिलबस्तु,साउन,२-

कपिलवस्तुमा एकवर्षभित्र १३ विचौलिया प्रकाउ परि जेल चलाउन भएका छन् । गत आर्थिक वर्ष २०७३÷०७४ को साउनदेखि असार मसान्तसम्म पक्राउ परेका १३ जना विचौलिया जेल चलाउन भएका हुन् ।

कृष्णनगर स्थित केआई नेपाल र शान्ति पुनस्र्थापना गृहले सीमा निगरानी तथा सोधपुछका क्रममा विभिन्न समयमा नियन्त्रणमा लिई मुद्धा दायर गरेका थिए । जेल फैसला भएकामध्ये १२ जना विचौलिया विरुद्ध केआई नेपालले मुद्धा दर्ता गरेको र एक जना शान्ति पुनस्र्थापना गृहले मुद्धा दर्ता गराएको थियो ।

यसैबीच विचौलियाको प्रलोभनमा परी भारतका विभिन्न ठाउँमा बेचिएकी ६ किशोरीको शान्ति पुनस्र्थापना गृहले उद्धार गरेको छ । भने सीमा निगरानीका क्रममा भारततर्फ जान लागेका १सय २३ किशोरीको उद्धार गरेको पीआरसी संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभएको छ ।

उद्धार गरिएका किशोरीमध्ये दुई जनालाई पुनस्र्थापना केन्द्रमा पठाइएको भट्टराईले जनाउनुभयो । यस्तै केआई नेपालले १सय ६ जना किशोरीको सुरक्षित साथ उद्धार गरेको जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो ।

मानव बेचबिखन विरुद्ध लामो समयदेखि कृष्णनगर सीमाक्षेत्रमा काम गर्ने शिलशिलामा मानव बेचविखनमा संलग्न गिरोहले सबैभन्दा बढी यसवर्ष कृष्णनगर नाकालाई प्रयोग गरेको पाइएको केआई नेपालका संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो । शान्ति पुनस्र्थापना गृहले २ हजार ८सय ४१ जनालाई परामर्श दिएको कार्यक्रम संयोजक भूमिराज भट्टराईले बताउनुभयो ।