घोराहीको नवलपुरमा महोत्सब शुरु:नेपालकी होची महिला छिनालद्धारा महोत्सवको उद्घाटन

रोशन घर्ती
दाङ,माघ २७-घोराहीको नवलपुरमा मध्यपश्चिम व्यापारिक, साँस्कृतिक एवं पर्यटन महोत्सबको उद्घाटन गरिएको छ । नेपालकी होची महिला ईश्वरीमाया छिनालले महोत्सवको उद्घाटन गर्नुभएको हो । बढ्दो लागु औषधको प्रयोग बिरुद्ध र ट्राफिक नियमका बारेमा सचेतना जगाउन आजदेखि घोराहीको नवलपुरमा महोत्सब सुरु भएको छ ।

लागु औषध दुव्र्यसनी बिरुद्ध, ट्राफिक नियमको सचेतना र खेल मैदान निर्माणमा सहयोग पु¥याउने उदेश्यले नव जागरण नेपाल दाङको मुख्य आयोजना र नवलपुर युवा क्लवको सह आयोजनामा महोत्सवको आयोजना गरिएको हो ।महोत्सब उद्घाटन पूर्व घोराहीमा शोभायात्रा निकालिएको थियो । महोत्सवमा करिब एक सय ५० वटा विभिन्न सचेतना र व्यापारिक स्टलहरु रहेको आयोजक समितिका संयोजक यमबहादुर पुनले जानकारी दिनुभयो ।

यसैविच दाङ जिल्ला उद्योग वाणिज्य संघले आज विज्ञप्ती जारी गर्दै विभिन्न बस्तुगत सम्मिलत समितिहरुलाई जारी महोत्सवमा ब्यापारिक स्टल नराख्न अनुरोध गरेको छ ।दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नारायण प्रसाद भुसाल एवम कार्यसमिति पदाधिकारीहरु द्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख भए अनुसार,जिल्ला प्रशासन कार्यालय दाङले (गत २३ गतेका दिन) आयोजकका नाममा जारी गरेको

पत्राचारमा ब्यापारिक तथा पर्यटन महोत्सव २०७३ संचालन गर्ने अनुमति दियतापनि अन्य सरोकारवाला निकायहरु सँग मेला आयोजकले समन्वय नगरेको हुदा ब्यापारिक स्टल राख्ने सम्बधि कुनैपनि कार्य अगाडी नबढाउन अनुरोध गरिएको ब्यहोरा उल्लेख गरिएको जानकारी गराएको छ । पत्राचारमा उल्लेख गरिएको कार्यलाई तत्काल कार्यन्वयन गर्नका लागी दाङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय दाङलाई अनुरोध गर्ने निर्णय समेत गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।