५५ जना युवाहरु नेपाली काँगे्रसमा प्रवेस

मधुपौडेल
बाँके,माघ २७-नेपाली कागे्रसले बाँकेको वागेश्वरी गाविस ५ मनिकापुरमा मा गरेको वडाभेलामा ५५ युवाहरुले नेपाली काँगे्रसमा प्रवेस गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा एमाले ,माओवादी र राप्रपा लगाएतबाट आएको नेपाली काँग्रेस बाके तरुण दलको जिल्ला सदस्य पुष्पा सुनार जनाकारी दिनु भएको छ । वडाका वडा सभापति चेतकान्त कडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिमा नेपाल कागे्रस पार्टी बाकेका संगठन विभाग प्रमुख महेन्द्र मल्ल रहनु भएको थियो  ।

  ५५ जना युवाहरु नेपाली काँगे्रसमा प्रवेसविषेश अतिथिमा महासमिति सदस्य चिनुमाया कुवर ,झुमा जिएम, बाके जिल्ला कार्यसमिति कागे्रस भिव बहादुर विक , क्षेत्रिय सचिव देवबहादु थापा ,क्षेत्रिय कोषध्यक्ष नर बहादुर खड्का , गाउ इकाई समितिका सभापति शेर बहादुर गुरुङ लगाएको उपस्थिति रहेको कुरा सदस्य सुनारले जनाकारी दिनु भएको थियो ।करिव १०० जना बढीको उपस्थितिमा भएको उक्त भेलामा नेपालकागे्रसमा आवद्ध भएका पाच जनालाई सम्मान गरीएको थियो ।

जसमा हरि प्रसाद ढुंगान र रामेश्वर कडेल स्वतन्त्रता सेनानी लगाएत विष्णु कुमार श्रेष्ठ ,पुर्णं बहादुर विक ,गंगादल कडेल ,हरिलाल कडेल, कालु वहादुर विक ,हर्क बहादुर शाही , मोतीलाल कडेल लाई सम्मान गरीएको थियो । कागे्रस वडा समितिका सचिव लक्ष्मण कडेलले सहजीकरण गरेको कार्यक्रममा वडा समितिका उपाध्यक्ष रामचन्द्र कडेलले स्वागत मन्तव्य दिनु भएको थियो ।कार्यक्रममा बोल्दै संगठन विभाग प्रमुख मल्लले स्थानिय निर्वाचनलाई विषेश रुपमा हेरेको र जसको लागी कागे्रसका साथीहरुलाई  अगाडी बढेको बताउनु भएको थियो ।