राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्री बन्ने नेता यी हुन्

काठमाडौं,माघ,३-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी सरकारमा जाने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा, जलस्रोत तथा सिंचाइ, विक्रम पाण्डे शहरी विकास र ध्रुबबहादुर प्रधान कानुन मन्त्री बन्नु हुने छ ।

यस्तै, दिपक बहादुर सिंह उर्जा राज्यमन्त्री बन्ने श्रेष्ठले जानकारी दिनुभयो ।

सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा राप्रपाले उपप्रधानसहित ३ मन्त्री र १ राज्यमन्त्री पाउने गरी सहमति भएको थियो ।

राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन् । राप्रपाले प्रत्यक्ष चुनाव जितेकाहरूलाई मन्त्री बनाउन लागेको हो ।