माओवादीले मन्त्रीको नाम टुंगो लगायो

काठमाडौं,माघ,३-नेकपा (माओवादी केन्द्र) ले पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।

माओवादीले मंगलबार बिहान रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीको नाम टुंगो लगाएको हो ।

स्रोतका अनुसार शर्मा सूचना तथा सञ्चारमन्त्री, किराँती संस्कृति पर्यटन मन्त्री र मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नु हुनेछ ।

सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा माओवादीले ४ मन्त्री र १ राज्यमन्त्री पाउने गरी सहमति भएको थियो ।माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यसअघि नै भौतिक पूर्वाधार मन्त्री बनिसक्नु भएको छ ।

राज्यमन्त्रीमा कसलाई पठाउने भन्ने टुंगो लागेको छैन् ।