आर्मी र गण्डकीबीचको खेलमा दुबै समूह बराबरी

नेपालगन्ज,चैत्र,२७-
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र गण्डकी प्रदेशले बुधबार बराबरी खेलेका छन् ।

नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको खेलमा उपाधि दाबेदार आर्मी र गण्डकीले गोलरहित बराबरी खेले । गत माघ अन्तिम साता झापाको भद्रपुरमा भएको प्रथम गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला हक्कीको फाइनलमा गण्डकीले आर्मीलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको थियो ।

अन्य खेलमा प्रदेश २ र प्रदेश ५ विजयी भए । प्रदेश २ ले प्रदेश ३ लाई ५–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि गोविन्द अधिकारी तथा हर्विन्द्र सिंहले २–२ गोल गरे भने मनोज शाहले १ गोल थपे । प्रदेश ५ ले प्रदेश १ लाई ३–० गोलले हरायो । जितमा सानु लामा, अमन कुमार र मनीष गुरुङले १–१ गोल योगदान गरे ।

पुरुष हक्कीमा सातै प्रदेश, आर्मी र प्रहरीसहित ९ टिम सहभागी छन् । पुरुषमा हक्कीमा प्रहरीले पहिलोपटक टिम सहभागी गराएको हो । प्रतियोगिताको प्रदेश ५ का शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले शुभारम्भ गरेका थिए ।

मन्त्रि राईले विजेता प्रदेश ५ लाई ५१ हजार र पराजित प्रदेश नं. १ का खेलाडिलाई हौसला स्वरुप ११ हजार व्यक्तीगत पुरस्कार प्रदान गरे । महिला हक्की भने नेपालगन्जको खजुरास्थित शुक्र माविमा चैत ३० गतेदेखि सुरु हुँदैछ ।