कृषिको आधारमा घरेलु उद्योग र पर्यटनलाई अगाडी बढाइने छ :मन्त्रि गिरी

खजुरा,माघ,२४-
कृषिमा आधारीत रहेका बहुसङख्यक नागरीकहरुको जिवन स्तर र आर्थिक अवस्था माथि नउठाइकन कृषिको प्रगती सगै कृषिको आधारमा उद्योग र पर्यटनलाई अगाडि बढाउन नसकिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५का उद्योग मन्त्रि लिला गिरीले बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजनामा आज बाट बाँकेको खजुरामा सुरु भएको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ खजुरामा महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रि गिरीले प्रगती र सम्वृद्धिको क्रममा अगाडि बढ्न कृषि र घरेलु उद्योगको विकल्प नभएको बताउनुभएको थियो ।

प्रदेश स्तरमा रहेका साना तथा घरेलु उद्योगहरुलाई चिनाउन खजुराको महोत्सवले महत्व पुर्ण भुमिका खेल्ने बताउनुभयो । मन्त्रि गिरीले साना तथा मझैला उद्योगी , व्यापारीहरुको कामलाई फराकिलो बनाउने गरी प्रदेशस्थरमा निति निर्माणको काम पनि भैरहेको जनाउनुभएको थियो । उहाँले प्रदेशको प्रगतीको सम्भावनाको बाटो खुल्ने गरी निति निर्माणको काम धमाधम भैरहेको बताउनुभयो ।

घरेलु उद्योगहरुलाई अगाडि बढाउन उहाँले सुझाव समेत माग्नुभएको थियो । आयोजक समितिका संयोजक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष समर बहादुर खत्रीको सभापतित्वमा सम्पन्न भएको हो । मौसम प्रतिकुलताका कारण महोत्सव सन्चालन गर्न केहि कठिनाई र निर्धारीत समय भन्दा केहि ढिला हुन गएको थियो । उद्घाटन अघि खजुरा बजारमा विभिन्न झाकि सहित ¥याली निकालिएको थियो ।

महोत्सवमा करिव १७० स्टल रहेको छ । महोत्सव फागुन ५ गते सम्म सन्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रिय कलाकार नायक अनमोल केसी, भुवन केसी, नायीका निरुता सिंह, गायीका तृप्ती खड्का, टिका पुन, ज्योती मगर, कमल खत्री, अशोक दर्जी, राजेश पायल राई, आरुसी मगर, प्रिती आले, मधु क्षेत्री, टंक बुढाथोकी, रामजि खाँड, पशुपति शर्मा, एआर बुढाथोकी लगायत स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने कला उपसमितिका उप संयोजक गाउँलेले जानकारी गराउनुभयो ।

महोत्सवमा भोली चर्चित गाएक रमेशराज भट्टराई, जानकी तारामी मगर लगाएत स्थानिय कलाकारहरुको प्रस्तुति रहने भएको छ । महोत्सव अवधिभर एकल नृत्य तथा युगल नृत्य प्रतियोगिता समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय कार्यबाहक अध्यक्ष उमेश सिंह, प्रदेश नं. ५का प्रदेश सभा सदस्य बाबुराम गौतम, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष पुर्ण बहादुर भण्डारी, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य कुबेर बहादुर रिजाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं. ५का अध्यक्ष नेत्र प्रसाद पाठक, नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति प्रदेश नं. ५का अध्यक्ष शान्ती शर्मा, खजुरा गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ल अधिकारी मदन भुजेल, खजुरा गाउपालिकाका उपाध्यक्ष एकमाया विक लगाएतको महोत्सवको सफलताको शुभकामना दिएका थिए ।