नक्कली भुटानी शरणार्थी प्रकरणको प्रक्रिया दबाबमा रोकिँदैन, भ्रष्टाचारीलाई कारबाही हुन्छ:प्रधानमन्त्री

काठमाडौं,बैशाख,२३-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्ने बताउनु भएको छ।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमाले अध्यक्ष केपी ओलीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो। प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पार्नुभयो।

दोषी नछुटाउने र निर्दोष नफस्ने गरी काम गर्ने उहाँको प्रतिबद्धता छ। ‘दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट हामी अघि बढ्छौँ। म दबाबमा पर्दिन, कारबाही अघि बढ्ने बताउनुभयो ।