एकैदिन ६,७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७,८४८ पुग्यो

काठमाडौं,असार,४-नेपालमा एकैदिन ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले देशभर गरिएको परीक्षणमा थप ६७१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताउनुभयो।

यो सँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ।पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर घर फर्केका छन्।अहिले सम्म निको भएर घर फर्किनेको संख्या १ हजार १ सय ८६ जना पुगेको छ।

जसमा १ हजार ७२ पुरुष ११४ जना महिला रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो।त्यस्तै नेपालमा कोरोना संक्रमण देखिएका २२ जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यस्तै २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे छ। याेसँगै २२ पुगेकाे छ ।७७ जिल्लामध्ये ७४ वटा जिल्लामा काेराेना भाइरस फैलिएकाे छ ।