ईट्टा उद्योगमा रहेका पशुलाई स्वास्थ्य राख्न प्ररामर्श सेवा प्रदान गरिँदै

नेपालगञ्ज,ज्येष्ठ,१०-
नेपालगञ्ज उपमहानगरपालिका वडा नं.–१३ मा पशु स्वास्थ्यका बारेमा प्ररामर्श सेवा प्रदान गरिएको छ । नेपालगञ्ज–१३, उदयपुरस्थित न्यू जनता इट्टा उद्योग र अमन ईट्टा उद्योगमा ढुवानी गर्न प्रयोग गरिँदै आइएको पशुको स्वास्थ्यका बारेमा बिहिबार एक दिने प्ररामर्श सेवा प्रदान गरिएको हो ।

दिगो अश्वो कल्याणका लागि मानव आचरण रूपान्तरण र कार्य पद्धति सुधार परियोजना अन्तर्गत पशुको घाऊ व्यवस्थापन, खुरको हेरविचार तथा लङगडोपन व्यवस्थापन तथा आँखाको हेरचाहका बारेमा एक दिने प्रमर्श तालिम दिइएको आयोजक पशु स्वास्थ्य तालीम तथा परामर्श सेवा शाखा कार्यालय नेपालगञ्ज पशु स्वास्थ्य प्राविधिक मंगल बहादुर थारुले जानकारी दिनुभयो ।

प्ररामर्श कार्यक्रमबाट ४४ जना पशु धनीहरुले सेवा प्राप्त गरेका छन् । बिहिबार पहिलो कार्यक्रमका रुपमा प्ररामर्श सेवा तालिम संचालन गरिएको र यसका साथै जिल्लाका बिभिन्न ईट्टा उद्योगमा ढुवानीका लागि प्रयोग हुँदै आएका पशुलाई स्वास्थ्य राख्न तथा उनीहरुको बेलैमा उपचार गराउने प्रक्रिया तथा सामान्य उपचार पद्दतिबारे सचेतना जगाउने योजना रहेको प्राबिधिक थारुले जानकारी दिनुभयो ।