सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिर्जना बर्देवा/
ओखलढुंगा,कार्तिक,२५ –
नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाको आयोजना तथा राष्ट्रिय सुचना आयोगको सहकार्यमा ओखलढुंगामा सुचनाको हक संरक्षण, प्रवद्र्धन र प्रचलन सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका सुचना अधिकारी,क्रियाशिल राजनैतिक दल, स्थानिय संचार माध्यममा कार्यरत संचारकर्मी कानुन व्यवसायी लगायतका व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाललले सरकारी निकायहरुले सुचना हक सम्बन्धि ऐन ०६४ ले व्यवस्था गरे बमोजिम हरेक किसिमको सुचनामा नागरिक सुसुचित हुन पाउने अधिकारलाई पुर्ण रुपमा पालना गरेको र सुचना प्रवाहमा जिल्ला प्रशासन कार्यालयले गरेको सेवा प्रणालीको बारेमा प्रष्ट्याउनुभएको थियो ।

अन्तक्रियामा बोल्दै मालपोत कार्यालय ओखलढुंगा सुचना अधिकारी राजन प्रसाद दाहालले पत्रकार महासंघले आयोजना गरेको महत्वपुर्ण अन्तक्रिया कार्यक्रममा जिल्ला स्थित कार्यालयबाट न्युन उपस्थिति हुनु राम्रो नभएको बताउनुभयो ।

आगामी दिनमा पनि यस्ता कार्यक्रम गरी सबै कार्यालयका सुचना अधिकारीहरु बिच सुचनाको हक सम्बन्धमा छलफल तथा अन्तक्रिया गर्न सक्ने थप प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रमका अन्य वक्ताहरुले अन्तक्रिया कार्यक्रम आगामी दिनमा पनि संचालन गर्नुपर्नेमा जोड दिएको पत्रकार महासघका सचिब लाक्पाजी शेर्पाले बताउनु भयो । साथै आफ्ना विषयगत क्षेत्रमा पर्ने सुचना सम्बन्धमा नागरिकलाई सुसुचित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रमका सहभागीहरुलाई सुचनाको हक सम्बन्धमा व्यवस्था भएका अधिकार सम्बन्धि महासंघका कार्यवाहक अध्यक्ष शिव ढुंगानाले सहभागीहरुलाई प्रकाश पार्नुभएको थियो ।