मतपत्र च्यातिएको भरतपुर १९ मा पुन: मतदान

काठमाण्डाैं,जेठ,२०-

चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान हुने भएको छ । मत पत्र च्यातिएको उक्त वडामा पुन मतदान हुने भएको हाे ।

निर्वाचन आयोगको अाज बसेको बैठकले मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको भन्दै वडा नम्बर १९ मा पुन मतदान गराउने निर्णय गरी भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई पुन मतदान गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

गठबन्धन बनाएर चुनाव लडेका कांग्रेस र माओवादी केन्द्रले पुन: मतदानको माग गरेका थिए भने एमाले मतगणनालाई निरन्तरता दिनुपर्ने अडानमा कायम राखेका छन् ।

गत जेठ १४ गते वडा नं १९ को मतगणना भइरहेकाबेला विवाद हुँदा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए ।नेपालवाणीवाट