मन्त्रिपरिषद् पुनर्गठन:प्रधानमन्त्रीद्वारा नेकपा एसका मन्त्री हेरफेर

नयाँ मन्त्रीहरूको शपथ भोली हुने

काठमाडौं,असार,१२-राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ । 

नेकपा (एकीकृत समाजवादी) का चार जना मन्त्री नियुक्त भएका छन्। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको कार्य विभाजन गर्नु भएको हो ।

एकीकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीराचन्द्र केसी नियुक्त भएका छन्।खापुङ भने यसअघि स्वास्थ्य राज्यमन्त्री हुनुहुन्थ्यो, उहाँलाई मन्त्रीमा बढुवा गरिएको छ ।

राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी गराएको छ।

यसैबिच:नवनिर्वाचीत मन्त्रीहरूको शपथ ग्रहण भोली सोमबार हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।