माधव नेपालले सन्यास लिए हुन्छ : योगेश भट्टराई

काठमाडौं,असार,१२-नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिनुभएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तराद्र्धमा रहेकोले सन्यास लिएर बस्न सुझाव दिनुभएको हो । उहाँले केही दिनअघि अध्यक्ष नेपालले १० भाई एमालेका दास हौ, तिमीहरुले हाम्रो खैरो खन्छौ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले माधव नेपाल जत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताउनुभयो ।

उहाँले समाजवादीका अध्यक्ष नेपाल राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको पनि स्पष्ट पार्नुभयो । सांसद भट्टराईले आफुले गरेका गल्तीहरुलाई आत्साथ गर्दै नयाँ पुस्तालाई राजनीति, पार्टी, मुलुक सुम्पेर आफू आनन्दले बस्न सुझाव दिनुभयो । उहाँले मुख छोड्दै हिँड्ने हो भने आफूलाई पनि त्यो भन्दा धेरै मुख छोड्न आउने बताउनुभयो ।

सांसद भट्टराईले नेकपा एमालेको विभाजनको औचित्य कहिल्यै नरहेको भन्दै विभाजित भएर जानेहरुले आत्मबोध गरेर आए पार्टीमा स्वागत गर्ने बताउनुभयो।उहाँले समाजवादीका नेताहरुले एमालेले शर्त माने एकता हुने कुरा गर्नुको तुक नरहेको स्पष्ट पार्नुभयो ।