आजको राशिफल || आषाढ २० गते सोमबार ||

काठमाडौं,आषाढ,२०-आज विक्रम संवत २०७९ साल असार महिनाको २० गते सोमबार, (जुलाई ४ तारिख) आशाढ शुक्ल पच्चमी तिथि, रहेको छ।

आज असार २० गते सोमबारको राशीफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन व्यापार ब्यवसायबाट आयआर्जनका क्षेत्रमा पनि सुधार आउनेछ।चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ।आज अरूलाई प्रभावित पारेर काम बन्नेछ । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन मनमा दुबिधा उत्पन्न हुनेछ ।आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटघाटको बनेको छ ।यात्रा गर्दा ठुलाको आशिर्वाद लिनुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन निकै नै राम्रो रहेको छ ।आकस्मिक धनलाभ हुनेछ।महिला वर्गबाट सहयोग मिल्नेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला।पारिवारिक सद्भाव पनि बढ्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन प्रेममा निकै नै फलदायी देखिन्छ, शुभकार्यको चर्चा चल्नेछ ।आज सेवा गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा प्रसन्नता र शान्ति छाउनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन न्यायिक कार्यमा सफलता मिल्नेछ।आँटेको र ताकेको कार्य पुरा होला।आफन्तको प्रगतिमा मन रमाउनेछ।शुभ कार्यमा सरिक भइनेछ।दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ।सहयोगी आफन्त र मित्रहरुबाट साथ सहयोग हुनेछ । परिवारका साथ मिष्ठान भोजन गर्नु उत्तम हुनेछ ।   

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ।वैदेशिक क्षेत्र कमजोर रहला।सौन्दर्यतामा धन खर्च हुनेछ ।पैतृक सम्पत्तिमा विवाद बढ्ला।त्यसैले तपाईले कसैलाई अपमान नगर्नुहोला ।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन शुभ समाचार सुन्न पाइएला।मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।कला र गलाको प्रभाव बढ्नेछ।वैदेशिक कार्य अघि बढ्नेछ।तपाईको यात्रा कार्यमूलक हुनेछ।कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन धर्म कर्ममा रुचि बढ्ने छ ।प्रिय व्यक्तिसँग भेटघाट हुनेछ।स्वास्थ्यमा सुधार आउनेछ। स्वइच्छा भोजन पनि मिल्न सक्छ ।आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला।आजको दिन गृहस्थ कर्म गरेर समय विताउनु भयो भने तपाईको भलाई हुनेछ । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन तपाईले सोचअनुसार विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ।सवारी साधनको खरिद बिक्री हुने योग छ।लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला।सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आज समयको महत्व नबुझ्नाले अनावश्यक दुख पाइनेछ।तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ।त्यसैले आजको दिन संमयताको खाँचो छ।आफ्नो नित्य कर्मयात्रामा निरन्तर लागिरहनु होला।विवाद हुने काम नगर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन बोलीको भरमा कार्य सम्पादन हुनेछ।आफन्तको प्रगतिमा मन रमाउला।शैक्षिक क्षेत्रमा सफलता मिल्ने र घरमा अतिथिको आगमन हुनेछ।दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ।साना बालबालीका हरुलाई केही खाना र बस्त्र दान दिनुभयो भने तपाईको मनमा हर्ष छाउने छ । 

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ।शुभकार्यको चर्चा चल्नेछ।प्रेमीको सहयोग प्राप्त हुनेछ।परिवारमा सुख सन्तोष छाउनेछ।नयाँ पुस्तक अध्ययन र सिर्जनात्मक लेखनका काममा लाग्नु होला।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।