दाङमा एक युवतीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

दाङ,असार,४-दाङमा सुस्त मनस्थिति भएकी एक युवतीलाई गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको ।

तुलसीपुर उपमहानगरपालिका–५ बस्ने युवतीलाई चार जना युवाले सामूहिक बलात्कार गरेको दाङ प्रहरीले जनाएको हो। बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

एसपी काफ्लेका अनुसार घटनामा संलग्न भएको आरोपमा तुलसीपुर–५ का २४ वर्षीय शंकर बिक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् । अन्य दुई जना भने फरार रहेका छन् । उनीहरूको खोजी कार्य भइरहेको छ ।

युवाको समूहले युवतीलाई फकाएर एकान्तमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले अनुमान गरेको छ। पीडित युवतीले घरमा गएर बताएपछि प्रहरीले शुक्रबार मात्र घटनाको विषयमा जानकारी पाएको थियो ।

पीडित युवतीको तुलसीपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।