बासद्धरा बर्दियाको मधुवनमा जनगुनासो निवारण अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दिया,असार,४-बास नेपालले नागरिक सहायता कक्ष कार्यक्रम अन्तर्गत “जनगुनासो निवारण विषयक सामुदायिक अन्तरक्रिया कार्यक्रम” मधुवन नगरपालिका वडा न.९ मा शुक्रबार सम्पन्न भएको छ।

बास नेपालका पुर्ब अध्यक्ष मन भन्डारी ले सहजिकरण तथा कार्यक्रम बारे जानकारी गराउनु भएको थियो।बास मधुवन उपशाखाका पदाधिकारी, स्थानिय जनप्रतिनिधी, समाजसेवी सहित ८०जना भन्दा बढी स्थानिय बासिन्दाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो।

स्थानियको गुनासोलाई एकएक गरि सम्बोधन गर्दै वडा न. ९ अध्यक्ष हर्क बहादुर बस्नेतले सभ्य र सेवामुखी भावले काम गर्ने प्रतिबद्दता समेत गर्नु भएको थियो।कार्यक्रम मधुवन नगरपालिकाको सहयोगमा बास नेपालले आयोजना गरेको हो ।

मधुवन ४ र ५ मा पनि कार्यक्रम आजै गरिएको छ । बास नेपाल कि बर्तमान अध्यक्ष लुना बुढाथोकीले कार्यक्रमको बिषयमा जानकारी तथा सहजीकरण गर्नु भएको थियो ।