शिवराज नगरपालिकामा २२ बषिर्य शिब कुमारी अर्की रञ्जुको नामले चिनिदै

अराज सिहं बेल्बासे,

कपिलबस्तु, जेठ,२५-
कपिलवस्तु शिवराज नगरपालिकामा नेकपा एमालेको तर्फ बाट उपमेयरको उम्मेदवार बनेकि शिव कुमारी थारु अहिले स्थानिय तहमा निकै चर्चामा आएकि छिन ।पहिलो चरणको स्थानियतहको चुनाबमा विवेकशिलको तर्फ बाट काठमाडौमा मेयरको पदमा उठेकि रञ्जु दर्शना जस्तै चर्चामा रहेकि छिन शिव कुमारी उनकोे भाषण कला र काम गर्ने शैलि देख्दा जो कोहिमा उर्जा थपिएर आउँछ ।

उनि अहिले देशका धेरै मिडिया र सामाजिक सञ्जालमा निकै चर्चामा छिन ।उनले अहिले आफनो २२ वर्षको विद्यार्थि जिवनलाई एउटा सफल नेतृ बन्ने उद्देश्यले राजनितिक होमिए कि छिन । २२ वर्षको उमेर लाई राजनितिक मोड दिई सफल नेतृ वन्न शिवकुमारी अहिले स्थानिय तहमा पनि निकै चर्चित छिन ।

जनमानसमा पहिले बाटै लोकप्रिता पाएकि शिवकुमारी जव राजनितिमा आईन उनि आफुले र आफनो संयुक्त प्यानललाई यस शिवराज नगरपालिकामा जिताउने कुरामा पनि ढुक्क छिन ।उनकै प्यानल एमालको तर्फ बाट मेयरको उम्मेदवारमा यस क्षेत्रका लोक पिृय नेता नेत्रराज अधिकारी रहेका छन ।

अहिले मेयरका उम्मेदवार नेत्रराज अधिकारी र उपमेयरकि उम्मेदवार शिव कुमारी थारु को नेतृत्वमा नेकपा एमाले शिवराज नगरपालिका भित्र निकै बलियो देखिएको छ । केहि दिन पहिला युवा संघ नेपाल शिवराज नगरकमिटिको आयोजनामा युवा संघका केन्द्रिय महासचिव किरण पौडेल प्रमुख अथिति रहेको नगर भेला कायक्रमको क्रममा उपमेयरकि उम्मेदवार थारुले गरेको भाषण