एक सय ७८ म्यादी प्रहरीको राजीनामा

 नरेश खडका,

दाङ, जेठ,२५-

रुकुममा एक सय ७८ जना म्यादी प्रहरीले राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनका लागि भर्ती भएकामध्ये एक सय ७८ जना म्यादी प्रहरीले राजीनामा दिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

उनीहरुले विभिन्न व्यक्तिगत कारण देखाएर राजीनामा दिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रवक्ता प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिनुभयो । केहीले विदेशका लागि भिसा आइसकेको भन्दै र केहीले खेतीपातीका लागि भन्दै राजीनामा दिएको उहाँको भनाइ छ ।

बैशाख ३१ गतेका लागि तोकेको स्थानीय चुनावका लागि शुरुमा ५५ दिनका लागि भर्ती गरिएका म्यादी प्रहरी ५५ दिनको सेवा सुविधा लिएर बिदा भएको प्रहरी निरीक्षक रजालीले बताउनुभयो ।

सरकारले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै म्यादी प्रहरीको म्याद पनि थपिएको थियो । स्थानीय तहको चुनावका लागि भन्दै जिल्लामा कुल सात सय ८५ जना म्यादी प्रहरी भर्ना गरिएका थिए ।

थपिएको समयमा काम नगर्ने एक सय ७८ जना म्यादी प्रहरीको निर्णयपछि अब जिल्लामा छ सय सात म्यादी प्रहरी रहेका छन् । उनीहरुलाई दोस्रो चरणमा निर्वाचन हुने जिल्लाका तीन स्थानीय तहमा खटाइदैछ ।

एउटा मतदान केन्द्रमा १५ जनाका दरले ३१ वटा मतदानस्थलमा म्यादी प्रहरी खटाइने र बाँकी रहेकालाई सदरमुकाम तथा निर्वाचन भइसकेका अन्य मुख्य ठाउँहरुको सुरक्षाका लागि खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

असार १४ गते निर्वाचन हुने ठाउँका लागि प्रहरीसहित म्यादी प्रहरी पठाइसकिएको छ ।यसैबीच जिल्लामा हाल आवश्यकता भन्दा बढी म्यादी प्रहरीहरु रहेका छन् ।

एकै चरणमा निर्वाचन हुने भएपछि जिल्ला भरलाई पुग्ने गरी म्यादी प्रहरी भर्ना गरिएकोमा जिल्लामा दुई चरणमा निर्वाचन हुने निर्णय भएपछि हाल म्यादी प्रहरीको संख्या आवश्यकता भन्दा बढी हुन पुगेको हो ।

जिल्लाभरलाई भनेर भर्ती गरिएका म्यादी प्रहरीले तीनवटा मात्र स्थानीय तहमा सुरक्षा दिनुपर्ने भएपछि जिल्लामा म्यादी प्रहरीको संख्या धेरै भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा पर्याप्त मात्रामा म्यादी प्रहरी भएका कारण चुनाव हुने अन्य छिमेकी जिल्लामा माग भएमा पठाउन सकिने प्रहरी निरीक्षक रजालीले बताउनुभयो । तीन गाउँपालिकाका ३१ वटा मतदानस्थलमा प्रतिमतदानस्थल १५ जनाका दरले खटाए पनि एक सय ४२ ज