५० वर्ष देखि टपरी बेचेरै जिविकोपार्जन गर्दै ६० वर्षे वृद्ध महिला

नेपालगन्ज,असोज,१२-

उमेरले ६० नेटो काट्न लागेको छ । अझै पनि अाफना घरपरिवारलाई लालनपालन गर्नमा केही राहत होस् भनेर नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ निवासी दानपती केवट(घसियारा) ले विगत ५० वर्ष देखि पात किनेर टपरी बनाउदै बेच्दै गरेकी छिन् ।

दिनमा कति रुपैयाँको बिक्री हुन्छ भनेर प्रश्न गर्दा उनले अाजभोलि सोह्र श्राद्धमा १५० देखि ३०० रुपैयाँ सम्म बिक्री भएको बताइन् । पुजाअाजा हुदा राम्रै कमाइ हुने गरेको छ यसैको कमाइबाट घरपरिवारलाई पनि केही सहयोग गरेको उनले बताइन् ।

उनले यो पेसा अाफनी अामाबाट १० वर्षको उमेर देखि सिकेर गर्दै अाएको र अाफनो घरमा जतिबेला पनि टपरी किन्न पाइने उनले बताइन् ।घरमा बुहारी , नातिनातिना सबैलाई यो टपरी बनाउने काम सिकाएको उनले बताइन।

हामीले पात किनेर ल्याउने गर्छौं र टपरी बुनेर सानो टपरी रु ५ को एउटा , ठूलो टपरी २० रुपैयाँ देखि ५० रुपैयाँ सम्म र साना दुना ३ रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताइन, ।

उनकी बुहारी गिता केवट लगायत घसियारा टोलमा अरुहरुले पनि दिनभर यहीँ टपरी बनाउने काम गर्ने गरेको उनले बताइन ।