धर्मगुरुद्धारा खुला दिसा मुक्त क्षेत्र घोषणा अभियानमा लाग्ने सामुहिक प्रतिबद्धता

अराज सिहं बेल्बासे ,
कपिलबस्तु,माघ ३  –कपिलवस्तु जिल्लाका १० वटा गा.वि.स.का मुस्लिम तथा हिन्दु धर्म गुरुद्धारा गा.वि.स.का सबै घरधुरीमा शौचालय निर्माण गरी सम्बन्धित गा.वि.स.लाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने सामुहिक प्रतिबद्धता गरेका छन् । जिल्ला विकास समिति अन्र्तगत रहेको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम दोस्रो चरणको सहयोगमा आज जिल्ला बिकास समितिको सभाहलमा आयोजित धर्मगुरुहरुलाई सरसफाई र स्वच्छता सम्बन्धि १ दिवशिय अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले सामुहिक रुपमा सो प्रतिबद्धता जाहेर गरेका छन् ।

कपिलवस्तु जिल्लालाई सन् २०१७ सम्म सबै घरधुरीमा शौचालय निर्माण गरी जिल्लालाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने जिल्लाको लक्ष्य अनुसार पहिलो पटक जिल्लाका यो कार्यक्रमको आयोजना गरिएको जिल्ला वास फोकल पर्सन निरञ्जन पौडेलले जानकारी दिनुभयो । सो कार्यक्रममा धर्मशास्त्रमा सरसफाईको महत्व,सरसफाई सम्बन्धि जिल्लाको रणनिति ,शौचालयको महत्व र आबश्यकता , खुला दिसा मुक्त क्षेत्र घोषणाका सुचक, सरसफाई प्रवद्र्धनमा धर्मगुरुको भुमिका सम्बन्धमा जि.वि.स.का पूर्व सभापति रमेश शर्मा,वास फोकल पर्सन निरञ्जन पौडेल,जिल्ला वास सल्लाहकार बिपिन पौडेल ,जि.वि.स.का फिल्ड संयोजक थानेश्वर अधिकारी र अनिल पाण्डे सहजीकरण गर्नु भएको सो कार्यक्रममा ४५ जनाको  सहभागिता  रहेको थियो ।

कार्यक्रम स्थानिय विकास अधिकारी चन्द्रकान्त न्यौपानेको अध्यक्षता , जि.वि.स.का पुर्व सभापति रमेश शर्माको  आथित्यता थानेश्वर अधिकारीको स्वागत मन्तव्य रहेको सो कार्यक्रम संचालन फिल्ड संयोजक अनिल पाण्डेले गर्नुभएको थियो । उद्घाटन शत्रमा बोल्दै स्थानिय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले सरसफाईमा छिमेकी जिल्ला अगाडी भएकाले अब कपिलवस्तु जिल्लालाई तोकिएकै समयमा खुला दिसा मुक्त क्षेत्र घोषणा गर्न सवै धर्मगुरु हरु अभियानमा लाग्न पर्ने कुरामा जोड दिनु थियो ।