विप्लव नेतृत्वको नेकपासंगको वार्ता समिति गठन सकारात्मक : कांग्रेस

काठमाडौं,फागुन,१८-नेपाली कांग्रेसले सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच वार्ताका लागि बनेको वार्ता समितिको स्वागत गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति प्रकाशित गरी ‘कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको’ बताउनुभयो ।

उहाँले ‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको’ पनि बताउनुभयो ।

प्रतिवन्धित नेकपासँग वार्ता गर्न सरकारले आजै गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ भने विप्लव समूहले पनि खड्कबहादुर विश्वकर्माको संयोजकत्वमा समिति गठन गरेको छ।