नेपालगंजको बि-पि चोकमा बालाजी स्वीट हाउस संचालनमा

नेपालगन्ज,मंसिर,५-
नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको सामुन्ने लालाजिको पुरानो मिठाइँ पसल बालाजि स्वीट हाउस सञ्चालनमा अाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका सुर्खेत रोड नजिकका ग्राहकहरुलाई मध्यनजर गर्दै मिठाइँ पसल सञ्चालनमा ल्याएको प्रदिप कुमार गुप्ता र हर्षित गुप्ता बताए । यस भेगका मिठाइँ , छोला भटौरा, छोलासमोसा खान त्रिभुवन चोकमा जानु पर्ने समस्या हटेको मिठाइँ पसलमा बिभिन्न परिकारको स्वाद लिन अाउनु भएको ग्राहक कुमार अधिकारीले बताउनुभयो ।

नेपालगन्जमा कतै नभएको स्वादमा छोला समोसा खुवाउने र ग्राहकहरुलाई खुसी पार्ने पसलका साहुजी हर्षित गुप्ताले बताए । हाम्रो पसल नेपालगन्जमा लालाजीको पुरानो पसल भनेर चिनिन्छ त्यो त्रिभुवन चोकमा पनि रहेको र अहिले यतातिरका ग्राहकहरुलाई ध्यान दिएर अाफनै घरमा सञ्चालनमा ल्याएको गुप्ताले बताए । पसलमा बिभिन्न किसिमका मिठाइँ , अडर अनुसार बर्थ डे केक, छोला समोसा लगायतका परिकार बनाउने उनले बताए ।