नेपालगंजमा सार्वजनीक शौचालयको अभाव हट्दै

नेपालगन्ज,मंसिर,१-

नेपालगन्जमा पर्याप्त सार्वजनीक सौचालय नहुँदा पैदल यात्रुलाई शौच गर्न समस्या छ । सार्वजनिक शौचालय नहुँदा स्थानीय र आगन्तुकले सास्ती खेप्दै आएका छन् ।

अब भने नेपालगन्ज शहरमा सार्वजनीक सौचालयको समस्या हट्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले ५९ लाखको लागतमा चार वटा घुम्ती सौचालय ल्याएसँगै सार्वजनीक सौचालयको समस्या हट्ने देखिएको हो । यसको सञ्चालन कसरी गर्ने भन्ने निर्णय भने भइ नसकेको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले बताउनुभयो ।

नगर कार्यपालिकाको बैठकले केहीदिनमै निर्णय गरेर यसको सञ्चालनका विषयमा निर्णय गर्नेछ । सार्वजनिक सौचालय नहुँदा किनमेल गर्न आउने र यात्रा गर्ने यात्रुहरुका लागि घुम्ती सौचालय प्रभावकारी हुने देखिएको छ । सार्वजनीक शौचालय नहुँदा दिसापिसाव गर्ने समस्याको अन्त्य गर्न नेपालगन्जमा पहिलो पटक घुम्ती शौचालय सञ्चालनमा ल्याउन लागिएको हो ।

ट्याक्टरमा जडान गरेर घुम्ती सौचालय एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान सकिन्छ । मानिसहरुको भीड भएका बेला सौचालयको अभावमा खुला ठाउँमा सौच गर्नुपर्ने बाध्यता हट्ने भएको छ ।